काठमाडौं, २९ असोज/प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलमा थप गरेका तीन मन्त्रीले शपथग्रहण गरेका छन्। 

बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन्।

बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा तीन जनालाई थप्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here