काठमाडौं, २८ असोज/सुन चाँदीको मुल्यमा बुधबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९५ हजार १ सयमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here