हेटौँडा, २१असोज/मकवानपुरका थप ७ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जनामा  कोरोना पुष्टि भएको छ। 

हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  ९, १०, ११, १३ र १५ का ५ पुरुषमा  र बागमती गाउँपालिकाका १ महिला १ पुरूषमा कोरोना पुष्टि भएको हो।

चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको मंगलबार राति  सार्वजनिक गरिएको रिपोर्ट अनुसार हेटौँडा-९ का ६२ वर्षीय, हेटौँडा-१० का ४० बर्षीय, हेटौँडा-११ का ६५ बर्षीय, हेटौँडा-१३ का ३५ वर्षीय, हेटौँडा-१५ का १८ बर्षीय गरी ५ पुरुषमा र बागमती गाउँपालिका वडा नम्बर ०६ का ८५ बर्षीया एक महिला, ४६ बर्षीय एक पुरूष गरी  ७ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here