काठमाडौं, ११ असोज/आइतबार, सुन तथा चाँदीको मूल्य घटेको छ । शुक्रबार बढेको सुनचाँदीको मूल्य साताको पहिलो दिन फेरि बढेको हो । यस दिन सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार, सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँ तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here