हेटौंडा, ७ असोज/मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिकै पहिरोले एउटा स्कोर्पियो पुरिँदा चालकको मृत्यु भएको छ। 

काठमाडौं–कुलेखानी–हेटौंडा सडक खण्डअन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पहिरोमा पुरिएको हो। 

ठूलठूला ढुंगा खसेर पुरेपछि स्कोर्पियोका चालकको घटनास्थलमै मृत्यु भएको र गाडीमा अरु यात्रु नरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

पहिरोले एउटा मोटरसाइकल पनि पुरेको र त्यसमा सवार दुईजनालाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 

पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुर्दा मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको छ । मोटरसाइकलबाट उद्धार गरिएका २ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here