हेटौंडा, ६ असोज/जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ४ किलो लागूऔषध गाँजासहित मंगलबार ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका ६ लोथर खोलाको बगरबाट गाँजा ओसारपसारमा संलग्न राक्सीराङ गाउँपालिका ९ का कपिल भन्ने रुप खड्का ठकुरी, टलकबहादुर घलान र मदन कोईरालालाई १ सय १० किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी सुनाचुरीका प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्डको टोलीले प्रक्राउ गरी गाजाँ र मान्छेलाई नियन्त्रण लिएका र उनीहरुलाई मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here