काठमाडौं, ५ असोज/पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा १ हजार १ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार  हजार पाँच सय ३३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार थप भएकासमेत गरी देशभर हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ । त्यसैगरी विगत २४ घन्टामा एक हजार पाँच जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताए । हाल सक्रिय संक्रमित भने १७ हजार ६ सय ११ जना छन् । 

संक्रमितमध्ये आइसियूमा एक सय ९६ जना र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here