वीरगञ्ज,२९ भदौं/कोरोना संक्रमणका कारण पर्सामा थप एक महिलाको मृत्यु भएको छ।

संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १० निवासी ५५ वर्षकी महिलाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा मृत्यु भएको चौरसियाले बताए ।

गत भदौ २२ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको फोक्सो र श्वासप्रश्वासमा समस्या थियो। यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here