काठमाडौं, २६ भदौं/नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ६९६ जनासहित देशभरमा १ हजार ४५४ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो भने काठमाडाैँ उपत्यकामा संक्रमित हुनेको संख्या पनि अहिलेसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडाैँमा ६२० जना संक्रमित भएका छन्। त्यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा र मकवानपुरमा ५४ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here