हेटौंडा, २५ भदौं/हेटौंडामा बिहीबार १ सय ५ जनाको स्वाब संकलन भएको छ ।

हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट बुधबार  विहान कोरोना पुष्टि भएको १५  जनाको पुन: परीक्षणका लागि स्वाब दिएका जसमा हेटौँडा-६ गौरिटार आइसोलेसनमा रहेका १ जना र होम आइसोलेसनमा रहेका १४ जना रहेको  बाँकि ९५  जनाको कन्टयाक ट्रेसिङ र कोरोना आशंकामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए । 

संकलन भएको स्वाब नमूना कोरोना परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको  जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका र शंकास्पदहरुको प्रत्येक दिन  स्वाब संकलन गरिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here