हेटौंडा, २४ भदौं/नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीमा नेपाली कांग्रेस मकवानपुरले बुधबार हेटौंडा ५ मा रहेको सानोपोखरा क्लवलाई २५ हजार सहयोग गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति बानियाँले क्लवका अध्यक्षलाई नगद २५ हजार सहयोग गर्नुभएको हो ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ नारासहित क्लवले एक शातादेखि कोरोना महामारीका कारण कुनै काम नभएर श्रम गर्न नपाएका श्रमिक, मजदुरहरुलाई खाद्यान्न सहयोग गरिररहेको छ ।

नेता बानियाँले खाद्यान आदानप्रदान कार्यक्रमका संयोजक विशाल महत र क्लवका अध्यक्ष उमेश महतलाई संयुक्तरूपमा रकम हस्तान्तरण गर्नुभएको थियोे । नेता बानियाँले दुःखी, गरिव, श्रमिक, मजदुरको सहयोगलाई निरन्तरता दिन क्लबका पदाधिकारीलाई आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरी, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदिप कँडेल, समाजसेवी राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here