हेटौंडा, २४ भदौं/नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीमा नेपाली कांग्रेस मकवानपुर र बी.पी. विचार समाज मकवानपुरले बुधबार एक कार्यक्रमका बीच नगद सहयोग गरेको छ ।

वी.पी. विचार समाजका उपाध्यक्ष, कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा आश्रमलाई नगद रकम सहयोग गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका २ चौकिटोलस्थित ओम बृद्धाश्रमलाई कांग्रेस मकवानपुरले २० हजार र समाजले ५ हजार ५ सय ५५ रुपियाँ गरी २५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेको हो ।

आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गर्दै प्रमूख अतिथि बानियाँले आश्रमको भवन निर्माणदेखि नै आफूले सहयोग गरेको बताउँदै जननेता बी.पी. कोइरालाको जन्मजयन्तीमा आश्रममा आश्रय लिएर बसिरहनुभएका बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार कृष्णप्रसाद दाहाल, सचिव हरिप्रसाद पौडेल, कांग्रेस महिला विभागकी केन्द्रीय सदस्य एवं समाजकी कोषाध्यक्ष शर्मिला श्रेष्ठ, जीपी फाउण्डेशन मकवानपुरका अध्यक्ष नारायणप्रसाद लम्साल, समाजकी सदस्य अप्सरा बस्नेत, समाजसेबी दीपक सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

हाल उक्त आश्रममा ३४ जना बृद्धबृद्धाले आश्रय लिईरहेको आश्रमका अध्यक्ष पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here