हेटौंडा, ४ भदौ/नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग गरेका छन् ।

आफू कोरोना संक्रमण भइ निको भएका पराजुलीले कोरोना विमाबाट प्राप्त एक लाख रूपैयाँ सामाजिक काममा सहयोग गरेका हुन् । 

पराजुलीले विमाबाट प्राप्त रकम मध्ये हेटौंडा वडा नम्बर ६ का ५० जनाको कोरोना विमा, कोरोना संक्रमण भइ निको भएका ३ पत्रकारलाई जनही ५ हजारका दरले १५ हजार रूपैया, हेटौंडा-५ मा संचालित फुड बैंकलाई १५ हजार र कोरोना संक्रमित प्रहरी र थुनुवालाई पोषिलो खुराकका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।

कोरोना संक्रमितहरूको प्रोत्साहन र कोरोना विरूद्धको अभियानमा सहकार्य गर्ने उद्धेश्यले सहयोग गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here