काठमाडौं, २१ भदौं/नेपाली बजारमा आइतबार सुनको मूल्यमा समान्य गिरावट आएको छ ।
शुक्रबार तोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ६ सय रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।