बुटवल, ७ भदौ/कपिलवस्तुमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिका ७ धम्कौली बस्ने सन्तोष शुक्लाका ८ वर्षीय छोरा मन्तोषको पानी तान्ने मोटर जडान भएको मेसिनमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेपछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएपनि उनको मृत्यु हुन पुगेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here