काठमाडौं, १ भदौं/यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरिएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सार्वजनिक गरेको नतिजा अनलाइन सिस्टममा हाल्ने काम भइरहेको छ ।  विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा यस वर्ष एसईईको नतिजा सार्वजनिक गरिएको हो । 

नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बसेको थियो । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

तर, कोरोनाभाइरसको महामारीका कारण लिखित परीक्षा दिन नपाएका उनीहरुको विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा नतिजा सार्वजनिक गरिएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here