काठमाडौं, ३० साउन/प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। कार्कीले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा उक्त रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको पत्रअनुसार कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here