हेटौँडा, २९ साउन/मकवानपुरमा आज बिहीबार ३७ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा-४ कर्रामा रहेको श्रमिक मा.विको आइसोलेसनले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिकाको १८ जनासहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएकाे हाे ।

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालाका परिक्षण गर्दा हेटौँडा-२ का १ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा-५ का ४ जना, हेटौंडा-९ का ७ जना, हेटौंडा-१० का १ जना, हेटौंडा-१३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरुमा नेपाल प्रहरीका १० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा चितवन ठेगाना भएका १ जना, काठमाडौं ठेगाना भएका १ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो समय जिल्लामा संक्रमितहरु बढ्न थालेपछि स्थानीय प्रशासनले अधिक जोखिम क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत श्रावण २६ गते रातिदेखि श्रावण ३२ गते राति १२ बजे सम्मका लागि हेटौँडा उपमहानगरका १९ वटै वडा र मनहरी गाउँपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँबायाँ ५ सय मिटरमा निषेधाज्ञा जारी गरेको छ ।

संक्रमितहरुको संख्या बढ्न लागेपछि हेटौँडास्थित अन्तर्राष्ट्रिय रङ्गशालाको भवनमा थप बेडसहितको आइसोलेसन तयार गरिरहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here