काठमाडौं, १६ साउन/लकडाउन खुलेपछि प्रहरीमा कोरोना संक्रमण बढेको छ । प्रहरी प्रधान कार्यालय कार्यालयमा कार्यरत ७२ जना प्रहरीसहित देशभर दुई सय ५० प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये धेरै जसो चालक, मेकानिक्स र मेसमा काम गर्ने प्रहरीहरु छन् । उनीहरु एउटै ब्यारेकमा बस्ने भएकाले संक्रमित भएका हुन् । संक्रमितहरुलाई बलम्बुस्थित अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

प्रहरी प्रधान कार्यालयमा थप प्रहरीको परीक्षण गर्न लागेको छ । न्यूनतम प्रहरीबाट कार्यालय चलाउने रणनीतिअनुसार आलोपालो प्रणाली सुरु गरिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका पनि दुई प्रहरीमा संक्रमण देखिएको छ । देशभर दुई सय ५० जना प्रहरी संक्रमित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here