फाखेल, १६ साउन/ईन्द्रशरोबर गाउँपालिका ५ फाखेलमा नेपाली कांग्रेसको वडा कमिटि विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

कांग्रेस ईन्द्रशरोबर गाउँपालिका सभापति विश्व लामाको सभाध्यक्षता एवं कांग्रेस प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी राजन लामासहित नेकपा तथा राप्रपा परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा ईन्द्रशरोबर ५ मा कांग्रेस वडा कमिटि विस्तारका साथै महिला, तामाङ र किशान संघसमेत गठन गरिएको छ ।

भेलाले विनय कार्कीको सभापतित्वमा १८ सदस्यीय वडा समिति, जुनी थोकरको अध्यक्षतामा ११ सदस्यीय नेपाल महिला संघ, विनोद लामाको अध्यक्षतामा ७ सदस्यीय नेपाल तामाङ संघ र डिलबहादुर थोकरको अध्यक्षतामा ७ सदस्यीय नेपाल किसान संघसमेत गठन गरिएको छ ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरु जमान सिं वाईबा, भीमसेन महत, कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाका उपसभापतिद्वय काजेन्द्र परियार र कृष्ण डंगोल, सचिव राजेश सापकोटा, तरुण दल क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, केन्द्रीय पार्षद विकाश बलामी, महिला संघ ईन्द्रशरोबर गाउँपालिका अध्यक्ष निर्मला रुम्बा, नेता विष्णु कार्कीलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here