काठमाडौं, १३ साउन/राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ । 

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख  बराबरको रहेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here