पर्सा, १२ साउन/नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर घटेको जस्तो देखिए पनि केही जिल्लामा भने समुदायस्तरमा संक्रमण फैलिएको चिकित्सकहरूको अनुमान छ । पर्सा जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण देखिए पछि त्यहाँ अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

केही दिन यता दैनिक कोरोनाबाट मृत्यु हुनेमा पर्सा जिल्लाका नागरिक रहेका छन् । एकै दिन थप ३९ कोरोनाका संक्रमित भेटिएसँगै पर्सामा शनिवार बिहान पाँच बजे देखि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासान कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शनिवार बिहान पाँच बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

छिमेकी जिल्ला पर्सामा लगाईएको निषेधाज्ञाको कहर बारामा समेत रहेको छ । छिमेकी जिल्ला पर्सा र बाराको सिमानामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रुपमा गस्ती तथा चेकजाँच गरेका छन् ।

त्यस्तै, पर्साबाट बारा र बाराबाट पर्सा जाने व्यक्ती तथा सवारी साधनलाई पुर्ण रुपमा रोक लगाईएको छ ।

यता, आज सोमवार मात्रै बारामा क्वारेन्टाईन सुरक्षार्थ खटिएका नेपाली सेनाका ७ जनासहित थप २९ जनामा कोरोना परिक्षणका लागि पठाईएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा रहेको क्वारेन्टाईमा रहेका २२ जना सर्वसाधारण र सेनाका सात जना गरी २९ जना रहेका छन् ।

बारामा हालसम्म एक सय ७५ जना आईसेसनमा रहेका छन् र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला स्थित कोरोना फोकल पर्सन शंकर प्रसाद गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार यस अघि संक्रमण देखिएका देवताल गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष सहिँत ४० जनाको सम्पर्कमा आएकाहरुको कल टेसिङ्गका आधारमा पचास जनाको स्वाव संकलन गरी परिक्षणका लागि पठाईएको भए पनी रिपोर्ट आई नपुगेको उनले जनाएका छन् ।

यस्तै बारामा कोहि दिन अगी बाराको देवताल गाउँपालिकामा एकै पटक ठूलो संख्यामा ४६ जना स्थानीय जनप्रतिनिधि , स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भए पछि पूरै पालिकालाई निषेधाज्ञा जारी गरिएको छ ।

७४ जनाको नमुना परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय बाराले पूरै गाउँपालिकामा आसपासका पालिकाबाट आवागमनमा समेत रोक लगाएको हो ।

संक्रमित मध्ये एघार जना महिला र ३५ जना पुरुष छन् । समुदायबाट संकलन गरिएको स्वाबको रिपोर्ट समेत पोजेटिभ देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

यस्तै , देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्न औषधी, ग्याँस, दूध, तेल बाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द भएको छ ।

त्यसैगरी अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन सवारी बाहेक मोटरसाईकल समेत सञ्चालनमा प्रतिबन्ध र अन्तर आस पासका पालिकाबाट आवागमन निषेध गरिएका छ । त्यस्तै धार्मिक साँस्कृतिक, सामाजिक कार्य सम्पूर्णमा प्रशासनले रोक लगाएको छ ।

प्राय संक्रमितको कुँनै पनि ट्राभल हिस्ट्री नभएता पनि यसलाई समुदाय स्तरमा कोरोना संक्रमण भयो भन्न नमल्ने प्रजिअ पण्डितले बताए ।

बारामा एक हजार आठ सय पाँच जनाको आर.डी.टी परिक्षण गरिएको छ । भने , तीन हजार पाँच सय ९८ जनाको पि.सि.आर परिक्षण गरिएकोमा एक सय ३१ जनाको नतिजा आउन अझै बाँकी रहेको छ ।  अहिलेसम्म एक सय ८२ जनामा कोरना संक्रमिण पुष्टि भएको छ, जसमध्ये दुई जनाको मृत्यू भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here