काठमाडौं, ९ साउन/गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको हो । 

नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन् । पोखरा महानगरपालिकामा वर्ष २३, ३५ र ४० का गरी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 

यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वर्ष ५२ की महिला र वर्ष ५५ का पुरुषमा कोभिड–१९ संक्रमण देखिएको छ । 

उता, तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष ४८ का पुरुष, बागलुङ तमानखोलाका २७ वर्षीय पुरुष संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here