काठमाडौं, २३ असार/कांग्रेस र जनता समाजवादीका पदाधिकारीहरुबीच  छलफल भएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी रहेको  जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिए ।

“मुलुकको अवस्था ठीक छैन,” छलफलमा सहभागी नेता राजेन्द्र महतोले भने, “हठात् रुपमा संसद् अधिवेशन अन्त्य गरिएको छ । यस्तो अवस्थामा संसद् बोलाउनुपर्नेमा सरकारले किन अन्त्य गरेको हो ? लोकतन्त्रमा संसद्मा जनताका प्रतिनिधिले आफ्ना कुरा राख्न पाउनुपर्छ ।”

उनले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको बताउँदै नेकपाभित्रको झगडामा आफूहरु प्रवेश नगर्ने बताए ।

“नेकपाको आन्तरिक विवादमा हामी फस्दैनौं,” उनले भने, “हामीबीच नयाँ सरकारका विषयमा कुराकानी भएको पनि होइन तर सरकारले काम गर्न सकेन भन्ने देखेकै कुरा हो ।” उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here