एजेन्सी, २२ असार/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन्। दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ९८ हजार ८१७ भन्दा बढी छ भने १९ हजार ७ सय ७ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।

दक्षिण एसियाली राष्ट्रहरुमा हालसम्म कोरोना भाइरसबाट २६ हजार ५७७ जनाको निधन भएको छ भने ११ लाख ४६ हजार ६५० जना संक्रमित भएका छन्। दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन। यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ८१८ पुगेको छ भने ४ हजार ७६२ जनाले ज्यान गुमाएका छन्।

बंगलादेशको अवस्था पनि डरलाग्दो छ। अहिलेसम्म बंगलादेशमा १ लाख ६२ हजार ४१७ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने २ हजार ५२ जनाको मृत्यु भएको छ। यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३३ हजार १९० पुगको छ भने ८९८ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ। नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण १५ हजार ७८४ जना संक्रमित भएका छन्। तीमध्य अहिलेसम्म ३४ जनाले संक्रमणका कारण निधन भएको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म २ हजार ४ सय ६८ जनामा कोरोना देखिदा ११ जनाको मृत्यु भएको छ। श्रीलंकामा २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here