काठमाडौँ, १५ असार/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई भारतले हटाउन खोजेको भनेपछि नेकपासँग संसदमा रहेको बहुमतको संबैधानिक सार्वभौमिकता छ की छैन ? प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै भारतले हटाउन खोज्दैछ भनेर  प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी रहेको बताएका छन् ।

प्रवक्ता शर्माले नेकपासँग बहुमतको संबैधानिक सर्भौमिकता छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक नेकपासँग स्वतन्त्र हक सुरक्षित छैन भन्दै प्रश्न गरेका छन् । 

प्रवक्ता शर्माले भनेका छन् – भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ-

१. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन ?

२. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?

कोरोनासंग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् ,सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन !

थैली राम्रोसँग नबांध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन प्रधानमन्त्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here