काठमाडौं, ३२ जेठ/आफैंले हाँकेको गाडी दुर्घटन हुँदा नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । 

जिल्ला प्रशासन कार्यालय नवलपरासीको विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुने क्रममा उनी सवार गाडी बर्दघाट नगरपालिका ४ स्थित एक पुलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

नवलपरासी (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार एक पैदलयात्रु महिलालाई छल्न खोज्दा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको थियो । 

उनलाई अस्पतालमा मृत घोषणा गरिएको माझीले जानकारी दिए । मृतक शर्माका चालक औषधि किन्न गएकाले उनले आफैंले कार्यालयको गाडी हाकेको माझीले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here