हेटौंडा, २० जेठ/गत जेठ १५ गते कैलाश गाउँपालिका कार्यालय आगलागी भएकोमा सत्यतथ्य छानविन समिति बनाउन कांग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय समितिले माग गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानद्वारा मंगलबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले एकपक्षियरुपमा नेकपाका मात्रै नेता कार्यकर्ता सम्मिलित छानवीन समिति गठन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

घटना के कसरी भएको हो ? सत्यतथ्य छानविन गर्नलाई नेकपामा आवद्ध नेता कार्यकर्ता मात्रै छानविन समितिमा रहेकाले निष्पक्ष छानविन हुनेमा शंका रहेको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेस क्षेत्र नम्बर ४ समितिले गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दल तथा सम्बन्धित निकायहरु सम्मिलित विश्वसनीय उच्चस्तरीय छानवीन समिति तत्काल गठन गर्न माग गरेको छ ।

गत जेठ १५ गते गाउँपालिका कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात, फर्निचरसहित ४ करोड भन्दा बढी क्षति भएको कैलाश गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here