काठमाडौं, १२ जेठ/नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीय पुरुष १८ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यरत एक जना २८ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म १ सय १२ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए । उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक-एक जना पनि डिस्चार्ज भएका छन् ।

यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् । डा देवकोटाका अनुसार मृतकको नमूना पोजेटिभ आएसँगै कूल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here