काठमाडौं, १२ जेठ/प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने बताएका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले शिक्षा मन्त्रालयले परीक्षा दिनबाट वञ्चित रहेका विद्यार्थीका बारेमा तत्काल निर्णय लिने जानकारी दिए । 

एसइई परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अन्योलमा रहेका छन् । यसर्थ यसमा शिक्षा मन्त्रालयले तत्काल नयाँ निर्णय गर्ने उनले बताए ।

साथै, तत्काल शैक्षिक वर्ष खेर जान नदिन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउँदैछ । उनले अनलाइन भर्चुअल कक्षा सञ्चालन गर्ने विषयमा पनि शिक्षा मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here