काठमाडौं, ११ जेठ/सांसद गगन थापाले अहिले सरकारले गरिरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी परीक्षण किन र कसका लागि गरिरहेको हो भनी प्रश्न उठाएका छन्।

मानिसमा कुनै बेला कोरोना संक्रमण भएको थियो कि थिएन र त्यसका कुनै लक्षण छ कि छैन भनी तीब्ररुपमा परीक्षण र नतिजा दिने सो बिधिले कोरोना परीक्षणबारे धेरै अन्यौल सिर्जना गरेको भनी बहस सुरु भइरहेका बेला थापाले सो प्रश्न उठाएका हुन्।

‘आरडीटीको क्षमता,विश्वसनीयता र गुणस्तरमा प्रश्न उठिरहेको र विज्ञ तथा सरोकारवालाले समेत यो उपयुक्त नभएको भनिरहेका बेला सरकारको आरडीटीमा देखिएको जोडबल केका लागिरु कसका लागिरु इश्वर पोखरले कसैको निहित स्वार्थको लागि जनस्वास्थ्यमा खेलबाड नगरियोस्। पीसीआर परीक्षणको गति र दायरा व्यापक बढाइयोस्,’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता थापाले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here