दाङ, ९ जेठ/पश्चिम दाङबाट सालको अवैध ४१ थान काठसहित एक जनालाई बन गस्ती टोलिले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय दाङ र दङिशरण सव डिभिजन वन कार्यालयका संयुक्त बन गस्तीले विभिन्न नाप साइजको सालको चिरान काठ ४१ थानसहित सो घटनामा संलग्न रहेका ६० वर्षका दिल बहादुर थापालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो । नियन्त्रणमा लिएका उनी आशन्कामा शाान्तीनगर गाउँपालिका वडा नं १ का रहेका छन् ।

बरामद गरिएको काठ र नियन्त्रणमा लिएका थापालाई डिभिजन वन कार्यालय दाङमा ल्याइएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दङिशरण सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो ।

बराबर गरिएको काठ करिब ५० क्यू फिट छ । त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समितिसँग पनि जाँचबुझ भइरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कावार्ही गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनु भयो ।

लकडाउनको दुई महिनाको अवधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ । काठ तस्करी र बन्यजन्तु चोरी सिकारी सम्लग्न रहेको अभियोगमा दुई दर्जन बढि कारबाहीको प्रक्रियामा रहेको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here