बैतडी, ९ जेठ/जिल्ला प्रहरी कार्यालय बैतडीका एक थुनुवामा कोरोना संक्रमण फेला परेको छ । शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

३ दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय शिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् । उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण माग गरिएको बताएका छन् ।

संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्दामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here