हेटौंडा, २ जेठ/एकसाता अघि मकवानपुरको बकैया गाउँपालिका-४ जुरेलीका होमनाथ फुयाँलको किराना पसल र सप्लायर्सबाट सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

फुयाँलको घरमै सञ्‍चालनमा रहेको पसलबाट रिचार्ज कार्ड, चुरोट, सिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवललगायत सामानहरू चोरी गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। 

१२ लाख मूल्य बराबरको सामान चोरी भएको उल्लेख गर्दै सञ्‍चालकले प्रहरीमा निवेदन दिएका थिए। चोरी गर्ने युवक १९ वर्षीय दिपेश देउजालाई प्रहरीले बकैया गाउँपालिका-५ भनौराबाट पक्राउ गरेको हो। उनको साथबाट चोरी भएका सामानहरूसमेत बरामद भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here