एजेन्सी, ३१ बैशाख/फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ । भारतमा यहिँ वर्षको अत्यतिर हुने तय भएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्षपछि धकेलिएको हो ।

फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति२०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो । प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ ।

फिफाले कोरोना भाइरसका कारण यो वर्ष हुने तय भएका अधिकाशं प्रतियोगिताहरु पछि धेकीसकेको छ । महिला विश्वकपका लागि एसियाबाट जापान र उत्तर कोरिया छनोट भएका छन् भने भारत विश्वकप आयोजकको हिसाबमा सोझै छनोट भएको हो ।

विश्वकप खेल्ने खेलाडी जनवरी १ २००५ देखि डिसेम्बर २००५ भित्र जन्मिएको हुनु पर्ने फिफाको नियम छ । विश्वकपका खेल भारतका ५ शहरमा हुनेछन् । अहम्दाबाद, नयाँ मुम्बई, भुवनेश्वर, गुवाहाटी र कोलकातामा विश्वकपका खेल हुनेछन् । अहिले उक्त पाँचवटै रंगशालाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here