दाङ, ३० बैशाख/दाङको तुलसीपुरमा लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले २१ व्यापारीहरुलाई पक्राउ गरेको छ ।

अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्नुपर्नेमा कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखानासमेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

टक-पटक अनुरोध गर्दासमेत अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले संक्रामक रोग सार्ने कसुरमा मुद्दा चलाउन सक्ने भए पनि तुलसीपुर प्रहरीले केही समय हिरासतमा राखेर छाड्ने गरेको छ ।

यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ । तुलसीपुरमा अत्यावश्यकीय वस्तु खरिदका लागि सामग्री खरिदका नाममा अन्य पसलहरु पनि खुल्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here