सांकेतिक तस्विर

हेटौंडा, २४ बैशाख/मकवानपुरमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटे देउरालीका २३ बर्षीय कृष्ण खनाल रहेका छन् । बा ४४ प ६०५८ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर आउँदै गरेका उनको भीमफेदी–८ कोगटेमा खहरेले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अविरल बर्षासंगै आएको बाढिले मोटरसाइकलसहित बगाउँदा ५ सय मिटर तल झरेर उनको मृत्यु भएको प्रहरीको भनाई छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here