हेटौंडा, २३ बैशाख/नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डीनाले जिल्ला प्रशासन कार्यालय मकवानपुर र प्रेस युनियन मकवानपुरलाइ मास्क र ह्याण्ड सेनिटाइजर सहयोग गरेकी छिन् ।

मंगलबार प्रशासन कार्यालय पुगेर उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य डीनाले मंगलबार प्रशासन कार्यालयलाई ७५० थान गुणस्तरीय मास्क र एकसय बोत्तल स्यानिटाइजर सहयोग हस्तान्तरण गरेकी हुन् ।

कोरोनाको जोखिम रहेको अवस्थामा काङ्ग्रेस मकवानपुरले पनि विभिन्न सहयोग अभियान चलाइरहेको सन्दर्भमा जिल्लाको शान्ती सुरक्षालगायतको काममा खटिएका प्रहरी प्रशासनलाई सहज होस् भन्ने उधेश्यले मास्क र सेनिटाइजर उपलब्ध गराएको उपाध्यक्षले बताइन। डिनाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोष्टको बैठक भइरहेको समयमै पुगेर उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्। मास्क र सेनिटाइजर लिदै प्रमुख जिल्ला अधिकारी नेपालले सहयोगप्रती आभार व्यक्त गर्दै यसले प्रहरी प्रशासनलाई विषम परिस्थितिमा काम गर्न थप सहयोग मिल्ने बताए ।

मास्क र सेनिटाइजर हस्तान्तरणको निम्ती काङ्ग्रेस हेटौंडा उपमहानगर सभापती आनन्दराम पराजुली, दल ३ नम्बर क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, स्थानीय समाजसेवी लक्ष्मण सुबेदीलगायत पुगेका थिए ।

त्यसैगरी केन्द्रीय सदस्य डिनाले नेपाल प्रेस युनियन मकवानपुरलाइ मास्क सहयोग गरेकी छिन्। उनले युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाइ १०० थान मास्क सहयोग गरेका हुन।

यस्तो विपदको बेलामा भिडभाड नजिक रहेर समाचार संकलनमा खटिएका संचारकर्मीलाई जोखीमहुने भएकोले सुरक्षीत रहनका लागि मास्क सहयोग गरेको उपाध्यायले बताइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here