काठमाडौं, १३ बैसाख/राजधानीको कीर्तिपूरमा राहत माग्ने विद्यार्थीमाथि सडकमै निर्घात कुटपिट भएको छ ।

राहतका लागि नाराबाजी गर्दै गरेका विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गरेको स्थानीयले बताएका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो ।

शनिवार विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउकोमा लात्ती प्रहार गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुरक्षा माग्दै प्रहरी वृत्त कीर्तिपुर जाँदै गर्दा विद्यार्थीहमाथि कुटपीट भएको जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता रुपनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता हेमराज थापाको सुरक्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्रमण गरिएको विद्यार्थीहरुको आरोप छ । जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here