हेटौंडा, १३ बैशाख/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको पहलमा ६ सय जनाको उद्धार गरिएको छ । 

लकडाउनको समयमा काठमाडौंमा अप्ठ्यारोमा परेका मकवानपुरबासीको उद्धार गरिएको हो । हेटौंडाबाटै बस पठाएर उनीहरुको उद्धार गरिएको जनाईएको छ ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे ,सदस्यहरु राजेन्द्र घताने, जयन्ती पाठक, यमप्रसाद घिमिरेको समन्वय र नारायणी यातायात व्यवसायिक संघको ब्यबस्थापनमा मकवानपुरका विभिन्न गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका स्थानीयलाई उद्धार गरी गन्तव्यमा पुर्याएको जनाईएको छ ।

आफुहरु अलपत्र परेको र उद्धार गरिदिन आग्रह गरेपछि बसको व्यवस्था गरी उद्धार गरिएको मकवानपुर–काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here