हेटौंडा, २७ चैत/प्याब्सन मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई २ लाख एक हजार एकसय पच्पन्न आर्थिक सहयोग गरेको छ।

लकडाउनका समयमा हेटौंडा नगरभित्र दैनिक ज्याला मजदुरी गर्ने मानिसलाई खाद्यान्न अभाव भएको भन्दै खाद्यान्न वितरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले हेटौंडा उप महानगरपालिकालाई उक्त रकम सहयोग गरेको प्याब्सन जिल्ला अध्यक्ष विनोद सुवेदीले बताए ।

प्याब्सन मकवानपुरले उक्त रकम आज हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरिबहादुर महतलाई हस्तान्तरण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here