हेटौंडा, १७ चैत/नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको संयोजनमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा खाद्य सामग्री वितरण गरेको छ ।

नगर कार्यसमितिले लक डाउनको समयमा आर्थिक अवस्था कमजोर रही दुईछाक टार्न समस्या परेका निर्माण मजदुर र विपन्न वर्गका १ सय २० घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

सोमबार कांग्रेसले हेटौंडाको २, ४, ५, ८ र ९ नम्बर वडामा खाद्य सामग्री वितरण गरेको हो । दैनिक आवश्यक पर्ने १० किलो चामलसहित दाल, नुन, तेल, मसला, साबुनलगायतका सामग्री सहयोग गरेको नगर सभापति आनन्दराम पराजुलीले बताए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, ११ नम्बर वडा सभापति विष्णु खनालसहित नेताहरु उत्सव इटेनी, होमनाथ गौतम, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोईराला, सञ्जिव सापकोटा, महिला संघ जिल्ला सदस्य जानकी गिरी, सुशिला गौतम, सागर अर्याल र पुरुषोत्तम पौडेलले सामग्री सहयोग गरेका थिए ।

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल ट्रेड युनियन मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, शान्तिनगर टोलविकास संस्थाका अध्यक्ष देवीबहादुर बुढाथोकी, नेकपा हेटौंडा ४ का लवराज ठकुरी, नेपाली कांग्रेसका गावाकृष्ण घिमिरेलगायत प्रहरीप्रशासनको रोहवरमा वितरण गरिएको थियो ।

आगामी दिनमा पनि दैनिक छाक टार्न समस्या परेका परिवारलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा सामग्री वितरण गर्ने नगर सभापति पराजुलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here