हेटौंडा, १४ चैत/हेटौंडा बजारमा तरकारी किन्ने क्रममा भिड भएको भन्दै शुक्रबारबाट नयाँ व्यवस्था गरिएको छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा नयाँ व्यवस्था गरिएको हो । 

हेटौंडाको ख्वपगल्लीमा तरकारी किन्न आउने उपभोक्तालाई दुरी कायम गर्नका लागि रेखांकन गरिएको छ । ख्वपगल्लीमा अन्य समय भन्दा पनि अत्याधिक भिड भएको तस्विरहरु सामाजिक सञ्जालमा सावर्जनिक भएपछि उपमहानगरपालिका र प्रहरीले यस्तो व्यवस्था गरेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here