हेटौंडा, १० चैत/हिरा लुट्ने अपराधमा संलग्न हुने एक असई र पत्रकारसहित ४ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । 

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आईतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर २ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश-३-०१-०१-००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाका मुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here