हेटौंडा, १५ माघ/भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारणबाट ह्यग्रीव आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रतिष्ठानको कार्य समितिको उपाध्यक्षमा विष्णुगोपाल महर्जन, महासचिवमा केशवलाल श्रेष्ठ, सचिवमा निर्मला भ्लोन चयन भएका छन् ।

यस्तै, प्रतिष्ठानको सदस्यहरुमा रेणु ज्ञवाली, कपिला जोशी, सुनिता बर्लाकोटी, मणिराज गौतम, रमेशराज गहतराज र प्रलय चौलागाई रहेका छन् ।

नव निर्वाचित अध्यक्ष आचार्यले भीमविरागको नाममा ठूलो राशीको पुरस्कार स्थापना गर्ने पहिलो लक्ष्य रहेको बताउँदै आफूबाट पाँच हजार रुपैंया सहयोग घोषणा गरेका थिए । यस्तै, संस्थापक महासचिव सुशीला पाण्डे मानन्धरले पनि पाँच हजार रुपैंया सहयोग घोषणा गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here