हेटौंडा, ८ माघ/बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपालीका नेता ईन्द्रबहादुर बानियाँले धादिङ ट्रक दुर्घटनामा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

बानियाँले बुधबार विज्ञप्ति जारी गर्दै धादिङको निलकण्ठ नगरपालिका–८ मा मंगलबार भएको दुर्घटनामा ७ जनाको मृत्यु र ३० बढि घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । नेता बानियाँले घाइतेहरुको उपचार र मृतकका परिवारलाई राहतको उचित व्यवस्था मिलाउन समेत प्रदेश सरकारसंग माग गरेका छन् ।

उनले दुर्घटनाका न्यूनिकरणका लागि अभियान संचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेका छन् ।

यस्तै, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ स्थित दामनको एभरेष्ट पानोरमा रिसोर्टमा निसासिएर मृत्यु भएका ८ जना पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्य, तथ्य छानविनका लागि संघीय र प्रदेश सरकारसंग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here