काठमाडौं, ८ माघ/मकवानपुरको दामनस्थित एभरेष्ट पानोर रिसोर्टमा मंगलबार भएको घटनाको छानबिन गरिने भएको छ । रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटकको मंगलबार मृत्यु भएको थियो  ।

सत्यतथ्य पत्ता लगाउन पर्यटन विभागले छानबिन समिति गठन गरेको छ । बुधबार विभागले घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली समिति गठन गरिएको छ ।

१५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए । मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कुमार, ३४ की ईन्द्र कुमार, ३७ का प्रविणकृष्ण नायर, ३२ की सरिया नायर, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन् । उनीहरू भारतको केरलाका रहेका प्रहरीले जनाएको छ।

उनीहरूले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here