हेटौंडा, ५ माघ/जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आईतबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ स्थित सडक खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख३८४४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मनहरी ७ बस्ने ४० बर्षीय भिमराज स्यानताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले बताएका छन् । ठक्कर दिने बस तथा बसचालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here