हेटौंडा, २८ पुस/जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा मोटरसाइकलबाट गाँजा बरामद गरेको छ।

पुर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा १९ नेवारपानीस्थित सडक खण्डमा  प्रहरी चेकिङ्ग टोलीलाई देखेर मनहरीबाट हेटौडातर्फ आउदै गरेको ना ६१ प २४९ नम्बरको मोटरसाइकल पुन: मनहरीतर्फ भाग्नेक्रममा  इप्रका नेवारपानीका प्रहरी नायब निरीक्षक राजेश यादवको नेतृत्वको प्रहरी टोलिले पिछा गरी मोटरसाइकल नियन्त्रणमा लिदा, प्लास्टिकको बोरामा बेरको अवस्थामा ३१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त गाँजा बोकि ल्याउने मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here