हेटौंडा, २८ पुस/जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुद्धचित्त र रुद्राक्षसहित कारोबारी संलग्न ३ जनालाई पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका–७ मनहरी बजारमा  काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला  र  १ सय ४४ थान रुद्राक्ष को मालासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन् ।

प्रकाउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गा.वि.स. वडा नं. २ बस्ने ४२ वर्षीय जगत लामा तामाङ र सोही गा.वि.स–६ बस्ने ४२ वर्षीय सुर्यमान तामाङ रहेको जनाइएको छ। उनिहरु यसको कारोबारी रहेको र उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पठाइएको उपरीक्षक राठौरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here